असार ३, २०८३ बुधबार June 17, 2026

ऐनाको आविष्कार कहिले भयो ? को हुन् ऐना हेर्ने पहिलो व्यक्ति ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ऐना नहुँदो हो त के हुन्थ्यो होला ! कहिल्यै सोँच्नुभएको छ ? वास्तवमा ऐना सानो चिज भैकन पनि मानव जिवनको अभिन्न हिस्सा भैसकेको छ । हामी कस्तो देखिन्छौँ ? कस्तो देखिन चाहन्छौँ ?

आफ्नो स्याहार गर्ने, श्रृंगार गर्ने तथा आफ्नो जिउको तथा अनुहारको ख्याल गर्नका लागि हामीलाई ऐनाले नै सिकाएको हो । तर यस्तो ऐनाको आविष्कार कसले गर्यो होला ? विश्वमा सबैभन्दा पहिले ऐना कसले हेरको होला ? यो धेरैलाई थाहा नहुन सक्दछ ।

विश्वमा ऐनाको आविष्कार सन् १८३५ मा भएको हो । जर्मन रसायन वैज्ञानिक जस्टस भोन लिबिगले काँचको पाताको सतहमा चाँदीको पातलो पत्र लगाएर ऐनाको आविष्कार गरेका हुन् । त्यसभन्दा अघि ऐना प्रचलनमा थिएन ।

मानिसहरु स्थिर पानीको सतहमा आफ्नो अनुहार हेर्ने गर्दथे । सन् १८३५ मा ऐनाको आविष्कार भएपछि पनि ऐना गरिबको पहुँचमा थिएन । किनकी काँच निकै महंगो थियो। घरमा ऐना हुनु लक्जरीको विषय थियो त्यतिबेला ।

सन् १८३५ मा आधुनिक ऐनाको आविष्कार हुनु अगाडि ८ हजार वर्ष अगाडि देखि नै विशेष खालको ऐनाको प्रयोग हुने गरेको इतिहास छ । हालको टर्कीमा पर्ने एनाटोलियामा ८ हजार वर्ष अगाडि नै लेपन गरिएको ओब्सिडियनबाट बनाइएको ऐनाको प्रयोग गरिन्थ्यो ।

प्राचीन मेक्सिकोमा पनि यस्तै खालको ऐना प्रयोग हुने गरेको थियो । तर त्यस समयमा ऐनालाई आम मानिसले आफ्नो अनुहार हेर्नका लागि भन्दा पनि जादुको उपकरणको रुपमा प्रयोग गरिन्थ्यो जसको माध्यमबाट देवता तथा मानिसका पूर्वजको दुनिया देख्न सकिने विश्वास गरिन्थ्यो ।

मिश्रको सभ्यतामा आजभन्दा ४ हजार वर्ष अगाडि तामालाई लेपन गरी ऐना बनाइएको थियो । त्यसको करीब १ हजार वर्षपछि दक्षिण अमेरिकामा पोलिस गरेर टल्काइएको ढुंगाबाट ऐना बनाइयो ।

Discovery of mirror

इश्वीको पहिलो शताब्दीमा रोमन लेखक प्लिनी द एल्डरले काँचको ऐनाका बारेमा वर्णन गरेको पाइन्छ । तर ती ऐनामा हालका आधुनिक ऐनामा जस्तो प्रतिबिम्ब देखिँदैनथ्यो । ती ऐना निकै सानो हुनुका साथै त्यसमा देखिने प्रतिबिम्ब निकै धमिलो हुन्थ्यो ।

मानिसले ऐनामा आफ्नो सफा अनुहार हेर्नका लागि सन् १८३५ सम्म प्रतिक्षा गर्नुपर्‍यो। तर मानिस त्यसबाट पनि सन्तुष्ट भएन । सन् १९३५ मा पपुवा न्युगिनीको खोजी गर्ने अन्वेषक तथा व्यापारी ज्याक हाइड्सले आफूसँग ऐना लिएर गएका थिए । उनले त्यसबेला पपुवा न्युगिनीमा व्यापार गर्नका लागि अन्य वस्तुसँगै ऐना पनि लिएर गएका थिए ।

Discovery of mirror

पपुवा न्युगिनीमा ऐना हेर्ने पहिलो व्यक्ति तेबिली हुन् भनिन्छ । उनले निकै रमाएर ऐना हेरेका थिए । त्यसपछि उनले आफ्नो आदिवासी समुदायको प्रमुख पुया नामको व्यक्तिलाई ऐना हेर्न दिए । ऐनामा आफ्नो अनुहार देखेपछि ती व्यक्ति अनौठो र खुसी मान्दै दौडिन थाले । उनले तेबिलीलाई ऐना समाउन भने र आफूले फरक-फरक एंगलबाट ऐना हेर्न थाले । नजिक र टाढाबाट आफ्नो प्रतिबिम्ब ऐनामा हेरे ।

तर पछि आदिवासीका प्रमुख पुयालाई अकस्मात त्यो ऐना मानिसका लागि निकै खतरनाक हो भन्ने लाग्यो र ऐना तत्कालै फिर्ता गर्न तेबिलीलाई निर्देशन दिए । आदिवासी नाइकेको यस्तो भनाई खोजयात्री ज्याक हाइड्सलाई मन परेन । उनले यसलाई आफ्नो अपमान ठाने ।

Discovery of mirror

आदिवासी नाइके पुयाले चाहिं ऐना कुनै जादुको वस्तु भएको र पुर्वजहरुले ल्याएको ठहर गरे । जबकी पुया नै एक जादुगर भएको र आफ्नो शक्तिका कारण आफ्नो आदिवासी समुदायलाई नियन्त्रण गरिरहेको ज्याक हाइड्सको ठम्याई थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
शान्तिका लागि ट्रम्पसँग दक्षिण कोरियाको आग्रह
२०८३ असार ३, बुधबार
रास्वपा महाधिवेशनमा आउने पाहुनाको सम्मानमा छुट
२०८३ असार ३, बुधबार
अमेरिका–इरान सम्झौताको पूर्वसन्ध्यामा तेल ट्याङ्करहरू समुद्रमा, तनाव घट्ने संकेत
२०८३ असार ३, बुधबार
सभामुख अर्याल र बंगलादेशका राजदूतबीच भेटवार्ता
२०८३ असार ३, बुधबार
विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड
२०८३ असार ३, बुधबार
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
२०८३ असार ३, बुधबार
विश्वकपमा पोर्चुगलको अभियान आजदेखि, रोनाल्डोको नजर ऐतिहासिक उपाधिमा
२०८३ असार ३, बुधबार