असार २३, २०८२ सोमबार July 7, 2025

गाँजा र अफिमसहित दुई जना पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन । मकवानपुरमा प्रहरीले पिकअप गाडीमा गाँजा र अफिम ओसार पसार गर्दै गरेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ ।

पूर्वपश्चिम राजमार्गको हेटौडा उपमहानगरपालिका– १९ नेवारपानीबाट हेटौडातर्फ जाँदै गरेको बा ३ च ५९९७ नम्वरको पिकअप भ्यान चेकजाँच गर्ने क्रममा ६३ किलो गाँजा र तीनसय ग्राम अफिमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मकवानपुरका प्रहरी प्रमुख सुशीलसिंह राठौरका अनुसार पक्राउ पर्नेमा गाडी चालक बारा पर्सौनी गाउँपालिका वडा नं। ६ बस्ने बर्ष २८ का रामजी शाह तेली र बारा अर्दस कोतवाल गाउँपालिका २ का बर्ष ३० का प्रेम पटेल रहेका छन् ।

उनीहरुले पिकअप गाडीको पछाडिको भागमा फल्स बटम बनाइ लुकाएर गाँजा र अफिम ल्याएका थिए । गाँजा तस्करीमा संलग्न हुनेहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार दुई बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि एक लाखसम्म जरीवाना र सवारी जफत हुने व्यवस्था छ ।

यस्तै अफिम तस्करीमा संलग्नलाई सोही ऐन अनुसार १५ बर्षदेखि जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरीवाना र तस्करीमा संलग्न सवारी जफत गर्ने व्यवस्था छ । उनीहरु दुवैलाई सोही आधारमा मुद्धा चलाई थप अनुसन्धान अघि बढाइने एसपी राठौरले बताएका छन ।

नेकपाका सांसदहरुले गाँजालाई वैधानिक मान्यता दिनुपर्ने आवाज उठाइरहेका बेला सबैभन्दा बढी गाँजाखेती हुने मकवानपुर जिल्लामा प्रहरीले धमाधम गाँजा तस्करहरुलाई पक्राउ गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार