असार २३, २०८२ सोमबार July 7, 2025

महामारी परास्त गर्न चीनको शून्य-कोभिड रणनीति दिगो भएनः डब्लूएचओ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् ।

महामारी सुरु भएदेखि नै कोभिडको अहिलेसम्मकै खराब अवस्थाविरूद्ध लड्न सांघाईका साढे दुई करोड मानिसहरू  हप्तौँदेखि घरमा बस्न बाध्य भइरहेका बेला डब्लूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससको भनाई आएको हो ।

‘जब हामी शून्य–कोभिड रणनीतिको बारेमा कुरा गछौँ, भाइरसको व्यवहार र भविष्यमा हामीले के अनुमान गर्छौं भन्ने विषयलाई मनन गर्दा याे दिगो छ भन्ने लाग्दैन’, टेड्रोस अधानोम गेब्रेयससले पत्रकार सम्मेलनमा भने ।

चीनमा पछिल्लो समयमा कोभिड संक्रमणका घटना तीब्र बृद्धि भएका छन् । कोभिडबाट सांघाइ सहर नराम्रोसँग प्रभावित छ । सांघाइमा कोभिडबाट अहिलेसम्म ५ सय जनाको मृत्यु भएको  छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया