चैत्र १६, २०८० शुक्रबार March 29, 2024

ताराको ‘म भित्रको म’ सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय सदस्य कवि तारा अधिकारीको कविताकृति ‘म भित्रको म’ सार्वजनिक गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेको प्रमुख आतिथ्यमा  आयोजित कार्यक्रममा कृति सार्वजनिक गरिएको हो ।

कविता कृतिमाथि प्राडा खगेन्द्र लुइँटेल, डा. रेणुका सोलु र ऋृषभदेव घिमिरेले समीक्षात्मक धारणा राखेका थिए । सोही अवसरमा अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेलको शुभकामना तथा बोर्ड अफ ट्रष्टीका उपाध्यक्ष पदम विश्वकर्माको शुभकामना पढेर सुनाइएको थियो ।

कार्यक्रममा कवि ई. सन्तोष पोखरेल, कवि रुद्र अधिकारी, डा. शान्तिमाया गिरी, रञ्जना निरौलालगायतले कविता सङ्ग्रहबाट रचना वाचन तथा मन्तव्य राखेका थिए ।

अमेरिकाको कोलोराडो सहरमा बसेर साहित्य सेवामा समर्पित अधिकारीको कविता सङ्ग्रह भित्र ४९ कविता समावेश छन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा प्रकाशित उक्त कृतिलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरद्वारा आयोजित कार्यक्रममा   सार्वजनिक गरिएको हो ।

कार्यक्रम अनेसास नेपाल च्याप्टर अध्यक्ष सन्ध्या पहाडीको अध्यक्षतामा सम्पन्न भएको थियो । लोकान्तर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया