असार २३, २०८२ सोमबार July 7, 2025

इजरायली सेनाको आक्रमणबाट अजजिराकी पत्रकार अकलेहको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अलजजिराकी वरिष्ठ पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजको कब्जामा रहेको वेस्ट बैंकमा गोल हानी हत्या गरिएको छ । अलजजिराका अनुसार ५१ वर्षीया पत्रकार अकलेह त्यहाँ रहेको जेनिन शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार संकलनको क्रममा थिइन् ।

‘प्रेस भेस्ट’ लगाएर रिपोर्टिङ गरररहेको अवस्थामा उनीमाथि इजरायली सेनाले गोली हानेको अलजजिराले जनाएको छ । यस क्रममा अर्का एक प्यालेस्टाइनी पत्रकार अली अल समौदी घाइते भएका छन् । यस घटनाप्रति आपत्ति जनाउँदै अजजिराले एक विज्ञप्ति जारी गरेको छ । साथै पत्रकार शिरिनको हत्या गरिएको भन्दै अलजजिराले इजरायली सेनालाई जिम्मेवार बनाउन बनाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको छ ।

इजरायली सेनाले व्यवस्थित रुपमा यस क्षेत्रमा अत्यधिक बल प्रयोग गरेको अजजिराको भनाइ छ । यस बाहेक पनि इजरायली सेनाले पछिल्लो समय यस क्षेत्रमा अरु पनि प्यालेस्टाइनी पत्रकारको पनि हत्या गरेको बताइन्छ । जुन घटनाबारे अनुसन्धान गरिनुपर्ने भन्दै आवाज उठाइएको छ ।

‘ह्युमन राइट्स वाच’का लागि इजरायल र प्यालेस्टाइन निर्देशक ओमार शाकिरले इजरायली सेनाद्वारा अबु अक्लेहको मृत्यु असामान्य नभएको प्रतिक्रिया दिएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया