असोज १५, २०८३ बिहिबार October 1, 2026

वसन्त ऋतुका पाँच रहस्यहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वसन्त ऋतुमा होली, रंग पञ्चमी, वसन्त पञ्चमी, नवरात्रि, राम नवमी, , शिव रात्री, हनुमान जयन्ती, नव-सम्वत्सर र गुरु पूणिर्मा जस्ता उत्सवहरु मनाइन्छ । यी मध्ये रंग पञ्चमी र वसन्त पञ्चमीले मौसम परिर्वतन भएको सुचना दिँदै नव-सम्वत्सरबाट नयाँ वर्षको शुरुवात हुन्छ ।

यस बाहेक होली भक्त प्रह्लादको सम्झनामा मनाइन्छ भने नवरात्रिमा माता दुर्गाको उत्सव गरिन्छ । त्यस्तै राम नवमी, हनुमान जयन्ती र बुद्ध पूणिर्माका दिन महा पुरुषहरुको जन्म भएको थियो । ती मध्ये वसन्त पञ्चमीका विभिन्न रहस्यहरु छन्, जुन यस प्रकार छन् :

भगवान श्रीकृष्णले भन्नु भएको थियो- ऋतुहरुमा म वसन्त हुँ

भगवान श्रीकृष्णले भन्नु भएको थियो- ऋतुहरुमा म वसन्त हुँ । भगवान कृष्णले त्यस्तो भन्नुको कारण प्रकृतीको कण-कणमा बसन्त ऋतुको आगमनमा आनन्द र उल्लासले भरिन्छ । मौसमले पनि परिर्वतनको महसुस गर्दै आफ्नो चाललाई परिर्वतन गरेर मदमस्त हुन्छ । प्रेमी-प्रेमिकाको मन पनि धडि्कन थाल्छ ।

प्रेम दिवस

वसन्त पञ्चमी मदनोत्सवको रुपमा पनि मनाइन्छ । कामदेवको दोस्रो नाम मदन हो । यो अवसरमा ब्रजभूमिमा भगवान श्रीकृष्ण र राधाको रास उत्सवलाई मुख्य रुपले मनाइन्छ । यो दिन कामिनी र काननमा आफैं यौवन उत्पन्न हुन्छ भन्ने कुरा औषधी ग्रन्थ चरक संहितामा उल्लेख गरिएको छ । त्यसैले यो ऋतुलाई प्रेमी-प्रेमिकाहरुले प्रेम दिवसको रुपमा पनि मनाउँछन् ।

प्रकृतिको परिर्वतन

वसन्त पञ्चमीको दिनदेखि प्रकृतिका समस्त पुराना कुराहरु हटेर जान्छन् र प्रकृतिले पुनः नयाँ श्रृंगार गर्छिन् । तोरीको फुलहरुले झुल्दै गीत गाउन थाल्छन् । कोइलीको कुहु-कुहु आवाज, फुलहरुमा मौरीहरुको भुन्भुनाउन थाल्छन् । मादकतायुक्त वातावरणले हरेकको मनमा विशेष स्फूर्ति बढ्न थाल्छ र प्रकृतिले आफ्नो नयाँ स्वरुपले सबैलाई लोभ्याउन थाल्छिन् ।

देवी सरस्वतीको जन्मदिन

मूलतस्यो पर्व ज्ञानको देवी सरस्वतीको जन्मदिनको उपलक्ष्यमा मनाइन्छ । कवि, कथाकार, चित्रकार, गायक, संगीतकार र विचारकहरुका लागि यो दिन अति नै महत्वपूर्ण हुन्छ । यस दिन गरिएको सरस्वती देवीको ध्यान र पुजापाठले भक्तहरुको ज्ञान र शक्तिलाई बढाउँछ ।

प्राणायम र ध्यान

जसलाई प्राणायामको ज्ञान छ, उसले यो मौसममा प्राणायाम गर्नुको महत्व के छ भन्ने कुरा राम्रोसंग बुझेको हुन्छ । यो मौसममा बहने शुद्ध र ताजा वायुले हाम्रो रक्त सञ्चारलाई सुचारु रुपमा चलाउन सहायक सिद्ध हुन्छ । मनमा भएको परिर्वतनलाई बुझ्दै ध्यान गर्नका लागि यो ऋतु सबैभन्दा उपयोगी ऋतु सिद्ध हुन सक्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार