काठमाण्डौंः सोमालियामा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएको छ ।
राष्ट्रपति बन्ने प्रतिष्पर्धामा रहनु भएका कसैले पनि ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेकाले दोस्रो चरणको निर्वाचन गर्नु पर्ने भएको हो ।
सोमालियामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २१९ जनाको मत आवश्यक पर्ने गरेको छ । पहिलो चरणमा धेरै ल्याएका चार उम्मेदवारहरूका बीचमा दोस्रो चरणमा प्रतिष्पर्धा गराइने भएको छ ।
गत आइतबार भएको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै ल्याउनेले ६५ मत मात्रै प्राप्त गर्नु भएको थियो । त्यसैगरी दोस्रो धेरै ल्याउनेले ५९, तेस्रो धेरै ल्याउनेले ५२ र चौथो धेरै ल्याउनेले ४७ मत मात्रै ल्याउनु भएको थियो ।
पूर्व राष्ट्रपति शेख मोहम्मद तेस्रो र पूर्व प्रधानमन्त्री हसन अलि खाइर चौथो हुनु भएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपतिमा निर्वाचित हुन ३५ उम्मेदवार चुनावी मैदानमा रहेका थिए । अरु ३१ जना अव स्वतः प्रतिष्पर्धाबाट बाहिरिएका छन् । राष्ट्रपति चयनका लागि निर्वाचन भइरहेकाले राजधानी मोगादिशु र देशका धेरै ठाँउमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । रासस-सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया