असार ३०, २०८२ सोमबार July 14, 2025

कर्पोरेट फुटसल ७ जेठमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः खेलकुद विकासका लागि स्थापित एन आर एस प्रतिष्ठानले ७ जेठमा कर्पोरेट फुटसल आयोजना गर्ने भएको छ ।

विश्वभर फैलिएको कोभिड महामारीको दुई वर्ष पछि दोस्रो संस्करणको उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो । उक्त प्रतियोगिताका बारेमा जानकारी दिँदै संस्थाका संस्थापक निलेन्द्रराज श्रेष्ठले प्रतियोगितामा २३ टिमको सहभागिता हुने बताएका हुन् ।

प्रतियोगितामा नागरिक उड्डयनका दुई टिम, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ), क्लाउड फेक्ट्रीको दुई टिम, फोर्स मोटर्स, फर्निचर ल्याण्ड, फ्युज मेशिन, ग्रिष्मा वहुउद्देशीय सहकारी, हिमालयन बैंक, हिमालयन बैंक लि, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज, खल्ती डिजिटल वालेट, कुमारी बैंक, नेपाल इयरलाइन्स, नेपाल ओलम्पिक कमिटी, प्रभु बैंक, कतार राजदूतावास, शिदार्थ बैंक, टोयोटा, भायानेट, जाकी पोइन्ट्स, नाइस टुर्स एण्ड ट्राभल्स लगायत रहेका छन् ।

लिग कम नक आउटका आधारमा हुने प्रतियोगितामा उपाधि विजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथमा नगद १ लाख, उपविजेताले नगद ५० हजार प्राप्त गर्ने संस्थापका श्रेष्ठले जनाएका छन् । त्यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र फेयर प्ले टिमले जनही नगद रु ५ हजार प्राप्त गर्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार