असार २३, २०८२ सोमबार July 7, 2025

द्वन्द्व र विपद्ले ५० दशमलब १ मिलियन मानिस विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः द्वन्द्व र प्राकृतिक विपद्का कारण गत वर्ष दशौँ लाख मानिस आफ्नै देशभित्र विस्थापित भएका छन् । सन् २०२१ मा ५९ दशमलब १ मिलियन मानिसहरु आन्तरिक रुपमा विस्थापित भएका छन् । यो अहिलेसम्मकै ठूलो विस्थापितको संख्या हो ।

पछिल्लो समयमा रुस–युक्रेन युद्धले यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । इन्टरनल डिस्प्लेसमेन्ट मोनिटरिङ सेन्टर (आइडीएमसी) र नर्वेजियन रिफ्युजी काउन्सील (एनआरसी) ले तयार पारेको प्रतिवेदनमा नयाँ विस्थापितको संख्या करिब ३८ मिलियन रहेका बताइएको छ ।

यो सन् २०२० पछि वार्षिक विस्थापित हुनेको दोस्रो ठूलो संख्या हो । सो वर्ष प्राकृतिक विपद्का कारण ठूलो संख्यामा मानिसहरू विस्थापित भएका थिए । गत वर्ष द्वन्द्वका कारण विस्थापित हुनेको संख्या १४ दशमलब ४ मिलियन रहेको थियो । यो सन् २०१२ को को तुलनामा दोब्बर हो ।

युक्रेन युद्धका कारण यो वर्ष विश्वव्यापी रुपमा विस्थापित हुनेको संख्या अझै बढ्ने अनुमान गरिएको छ । २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला गरेपछि ८ मिलियनभन्दा बढी मानिस युक्रेनभित्रै विस्थापित भएका छन् भने ६० लाखभन्दा बढी शरणार्थीको रूपमा अन्य देशमा विस्थापित छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया