काठमाण्डौंः पाकिस्तानले अति आवश्यक रहेका बाहेकका तथा विलासिताका सामानहरुको आयातमा रोक लगाएको छ ।
पाकिस्तान सरकारले ती सामानहरु आयातमा रोक लगाएको जानकारी शुक्रबार गराएको छ । यसरी आयातमा रोक लगाइएका सामानहरु तीन दर्जन भन्दा बढी रहेका पनि बताइएको छ । यहाँको सरकारले आर्थिक संकटको निकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको छ ।
पाकिस्तान सरकारले पाकिस्तानको आर्थिक संकटको समाधानसम्बन्धी कार्यक्रमहरु ल्याएको छ । यहाँ पनि आर्थिक संकट पर्न सक्ने संकेतहरु देखिएको भन्दै सरकारले आर्थिक सुधारका कार्यक्रम ल्याएको हो । त्यसै क्रममा यहाँको सरकारले शुक्रबारदेखि यस्ता सामग्रीहरु आयात गर्ने काममा रोक लगाएको यहाँका सूचना तथा प्रसारण मन्त्रीले जानकारी दिनुभएको हो ।
मन्त्री मारिम औरान्जेबले पाकिस्तानको आर्थिक अवस्थामा पनि संकट आइपर्ने संकेतहरु देखिन थालेको भन्दै यसका लागि देशबासीहरुले त्यसमा सहयोग गर्नुपर्ने बताउनुभयो । देशको आर्थिक अवस्थामा अप्ठेरो आउन लागेकाले पाकिस्तानका सबै नागरिकको सहयोग आवश्यक रहेको उहाँले बताउनुभएको छ । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया