असार २५, २०८२ बुधबार July 9, 2025

एमसीसीकाे टुंगो लगाउन आयोग गठन गर्नुपर्ने नेकपा केन्द्रीय सदस्यहरुको माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेकपा केन्द्रीय समिति बैठकको समूह ७ ले एमसीसी टुंगो लगाउन विज्ञ र पार्टी नेतासहितको आयोग गठनको माग गरेको छ।

उक्त समूहले शनिबार आफ्नो समूहको रिपोर्ट प्रस्तुत गर्दै आयोग गठनको माग गरेको हो। आयोगको रिपोर्टपछि पार्टीले स्वेतपत्र जारी गर्न मागसमेत गरिएको छ।
उक्त समूहले सरकारी जग्गा विवादमा पर्न थालेपछि त्यसको छानविनका लागि पनि आयोग गठनको माग गरेको छ।

यस्तै उक्त समूहले पार्टीको कार्यविभाजन विभेदपूर्ण भएको र त्यसलाई सच्याउन एक व्यक्ति एक कार्यकारी जिम्मेवारीको अवधारण यसै बैठकमार्फत गर्नुपर्ने माग पनि उठेको छ। विधान संशोधनका क्रममा पार्टी विधानको ढाँचा बहुपदीय बनाउनु पर्ने माग समेत उक्त समूहले उठाएको छ।

कालापानीका सम्बन्धमा लिम्पियाधुरा देखिनेगरि नेपालको नक्सा प्रकाशन गर्न र भारतीय सेना त्यहाँबाट हटाउन र यस मामिलालाई पाठ्यक्रममा समावेश गर्नसमेत माग गरिएको छ। र त्यसका लागि विशेष प्रस्तावसमेत पारित गर्ने उक्त समूहको माग छ।

यस्तै नेताका नाममा खुलेका प्रतिष्ठानहरुलाई नियमन र नियन्त्रण गर्ने माग पनि यो समूहले उठाएको समूहका उपनेता निरज आचार्यले बताएका छन।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया