असार २३, २०८२ सोमबार July 7, 2025

दक्षिण कोरियामा नयाँ प्रतिनिधि चयन गर्न निर्वाचन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : दक्षिण कोरियामा विभिन्न निकायमा प्रतिनिधि चयनका लागि शुक्रबार मतदान भएको छ ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार शुक्रबार स्थानीय तहको नेतृत्व, गभर्नर र स्थानीय परिषद सदस्य चयनका लागि मतदान भएको हो ।

स्थानीय समय अनुसार शुक्रबार र शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मतदान गर्न पाइने तय निर्वाचन आयोगले गरेको थियो । शुक्रबारको मतदान भइसकेको छ भने शनिबार पनि मतदान हुनेछ ।

कोरोना भाइरसबाट सङ्क्रमित भइ क्वारेन्टाइनमा रहेकाहरूलाई शनिबार बेलुका ६.३० पछि साँढे एक घण्टा समय निर्धारण गरिएको पनि आयोगले जनाएको छ । निर्वाचनका लागि देशभरी तीन हजार ५५१ ओटा मतदान केन्द्रहरु तोकिएको छ ।

आयोगका अनुसार अहिलेको निर्वाचनबाट १७ जना मेयर र प्रान्तीय गभर्नर निर्वाचित हुनेछन । त्यसैगरी २२६ जना स्थानीय परिषद् प्रमुख र ८७२ जना नगर सदस्य तथा प्रान्तीय परिषद् सदस्यहरू चयन हुने निर्वाचन आयोगले जनाएको छ ।

आयोगले स्थानीय परिषद सदस्यका रुपमा दुई हजार ९८८ जनालाई छनौट गर्ने भएको छ भने सात सांसद पनि अहिलेको निर्वाचनबाट निर्वाचित हुने छन् ।

अहिले दक्षिण कोरियामा चार करोड ४३ लाख तीन हजार ४४९ जना मतदानका लागि योग्य रहेका छन् । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया