असार २३, २०८२ सोमबार July 7, 2025

ब्राजिलमा भारी वर्षा र बाढीबाट ३७ को मृत्यु, हजारौँ विस्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारी वर्षा र त्यसपछि आएको बाढीमा परेर उत्तरी ब्राजिलमा कम्तीमा पनि ३७ जनाको ज्यान गएको छ । उत्तरी ब्राजिलको रेसिफ सहर र त्यस वरपरको भारी वर्षाले ती नागरिकको ज्यान गएको यहाँका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परेको थियो । निरन्तरको वर्षाले शनिबारसम्म यहाँका ३७ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँको अलागोस राज्यमा वर्षाले गर्दा धेरै मानिस विस्थापित हुन पुगेका छन् । सो राज्यमा २ जनाको वर्षाका कारण ज्यान गएको बताइएको छ ।

रेसिफ सहरको नजिकै गएको पहिरोमा परेर शनिबार मात्र २० जनाको शनिबार ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन् ।सो सहरमा वर्षा जारी नै रहेकाले सतर्कता अपनााउन भनिएको समाचारमा जनाइएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया