असार २५, २०८२ बुधबार July 9, 2025

अध्यक्ष र महासचिवले जवाफ दिनुअघि नेकपा सचिवालय बैठक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा केन्द्रीय कमिटी बैठक समापनअघि प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसेको छ । दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच छलफलपछि सचिवालय बैठक बसेको हो ।

केन्द्रीय कमिटी बैठकमा सदस्यहरुले नेतृत्वमाथि उठाएका प्रश्न र प्राप्त सुझावहरुबारे सचिवालयमा छलफलपछि दुवै अध्यक्ष र महासचिवले जवाफ दिनेछन् । सचिवालय सदस्यहरु केन्द्रीय कमिटी बैठकका समूहगत छलफलमा सहभागी थिएनन् ।

नेकपा केन्द्रीय कमिटी बैठकमा एमीसीसीका बारेमा विज्ञ सम्मिलित कार्यदल गठन गर्नुपने,पोलिटव्यूरो गठन, सम्पत्ति छानविन आयोग गठनलगायतका माग उठेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया