मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

कृष्णपुर नगरपालिकामा असार १ गतेदेखि स्वास्थ्य सेवा चौबीसै घण्टा पाइने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्य चौकीमा २४ घण्टे सेवा सञ्चालनमा ल्याउने भएको छ । आगामी असार १ गतेदेखि स्वास्थ्य चौकीबाट उपलब्ध हुने सबै सेवा चौबीसै घण्टा पाइने भएको हो ।

स्वास्थ्य चौकीमा यसअघि बर्थिङ सेन्टरबाट उपलब्ध हुने प्रसूति सेवा मात्रै २४ घण्टा उपलब्ध गराइँदै आएको थियो ।

प्रसूति सेवासहित अन्य स्वास्थ्य चौकीबाट उपलब्ध हुने सेवा २४ सै घण्टा उपलब्ध गराउनका लागि कार्य अगाडि बढाइएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर विष्टले बताउनु भएको छ ।

यस्तै स्वास्थ्य सेवा प्रदान गर्ने कार्यसँगै सेवाग्राहीको स्वास्थ्य सेवामा पहुँच बढाउन र सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्नका लागि हाल सञ्चालनमा रहेका सेवालाई नै नियमित २४ घण्टे सेवा दिने व्यवस्था गरिएको नगर प्रमुख हेमराज ओझाले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता
२०८३ मंग्सिर ७, सोमबार
किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु
२०८३ मंग्सिर ७, सोमबार
न्यायालयबाट न्याय पाउनेमा विश्वस्त छु : कांग्रेस सभापति देउवा
२०८३ मंग्सिर ७, सोमबार
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
२०८३ मंग्सिर ७, सोमबार
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
२०८३ मंग्सिर ७, सोमबार
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता
२०८३ मंग्सिर ७, सोमबार