मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

आँखा शिविरमा ७९ जनाको मोतीबिन्दुको शल्यक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः भोजपुरमा सञ्चालन भएको आँखा शिविरमा ७९ जनाको मोतीबिन्दुको शल्यक्रिया भएको छ ।

जिल्लामा आँखाका बिरामीहरूको सङ्ख्या बढी नै देखिने गरेकाले नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्र भोजपुरको आयोजना तथा विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको हो ।

भोजपुर नगरपालिका वडा नम्बर १२, पुरानोडवलीमा भएको शिविरमा ७९ जनाको मोतीबिन्दुको शल्यक्रिया र चार सय ५० जनाले आँखा जाँचको सेवा पाएको नेपाल नेत्र ज्योति सङ्घ आँखा तथा कान उपचार केन्द्रका प्रमुख बिजय तामाङले जानकारी दिनुभयो ।

केन्द्रले जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिकामा समेत दुई दिने शिविर सञ्चालन गरेको थियो । विराटनगर आँखा अस्पतालका नेत्र विशेषज्ञ डा.सुनिता कोइराला सहितको टोलीले शिविरमा सेवा दिएको हो ।

जिल्लामा आँखाका रोगीहरूको सङ्ख्या बढी नै देखिने गरेकाले नेपाल नेत्र ज्योति सङ्घ भोजपुरले जिल्लाका ग्रामीण क्षेत्रहरूमा समेत नियमित आँखा परिक्षण शिविरहरू गर्दै आइरहेको संघका जिल्ला सभापति तेज मोक्तानले बताउनुभयो ।

“विगतमा सामान्य आँखा परीक्षणका लागि समेत हजारौँ खर्च गरेर अन्यत्र जानु पर्ने अवस्था, आफ्नै ठाउँमा शिविर सञ्चालन हुन थाले पछि हटेको छ ।” सभापति मोक्तानले भन्नुभयो ।

नेपाल नेत्र ज्योति सङ्घले आँखाका बिरामीहरूका लागि भोजपुरमा भने राम्रो भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै संघका सदस्य धर्मराज राईले जिल्लाभित्र रहेका सबै पालिकाहरूमा आलोपालो मिलाएर शिविरहरू सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो ।

जिल्लामा नै शल्यक्रियाका साथै आँखा परीक्षण गराउन पाएकोमा सेवाग्राही समेत खुसी छन् । शल्यक्रिया सहितको शिविर निरन्तर हुनु पर्नेमा जिल्लावासीको माग समेत रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरान तनावबारे रुबियो र कतारी प्रधानमन्त्रीबीच वार्ता
२०८३ मंग्सिर ७, सोमबार
किएभ क्षेत्रमा रुसी आक्रमणमा १४ जनाको मृत्यु
२०८३ मंग्सिर ७, सोमबार
न्यायालयबाट न्याय पाउनेमा विश्वस्त छु : कांग्रेस सभापति देउवा
२०८३ मंग्सिर ७, सोमबार
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
२०८३ मंग्सिर ७, सोमबार
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
२०८३ मंग्सिर ७, सोमबार
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता
२०८३ मंग्सिर ७, सोमबार