असार २५, २०८२ बुधबार July 9, 2025

राप्रपाको केन्द्रीय महाधिवेशन २०७७ जेठ २५ गते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय महाधिवेशन २०७७ जेठ २५ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ । माघ १७ देखि आइतबारसम्म बसेको केन्द्रीय समितिले महाधिवेशनसम्बन्धी निर्णय गरेको हो ।

बैठकले निर्वाचन समितिका संयोजक पार्टीका उपाध्यक्ष तोरणबहादुर गुरुङ्गद्धारा प्रस्तुत निर्वाचन विनियमावली २०७६, निर्देशिका २०७६ र कार्यतालिका सामान्य परिमार्जन सहित पारित गरेको छ ।

राप्रपाले महाधिवेशन सम्बन्धित प्रदेश निर्वाचन क्षेत्रभित्रका सक्रिय सदस्यबाट प्रत्यक्ष रुपमा निर्वाचित गर्ने व्यवस्था गर्ने राप्रपाले जनाएको छ ।

राप्रपाले अमेरिकी सरकारको आर्थिक सहायता एमसिसीका सम्बन्धमा हाल देखापरेका विवाद र बहसका बरेमा आफ्नो धारणा स्पष्ट पार्न सरकारसंग माग गरेको छ । नेपाल र अमेरिकाबीच भएको एमसिसी सम्झौतामा रहेका केही प्रावधानहरु सुधार गरेमा उक्त सहयोगले नेपालको जलविद्युत र यातायात पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण योगदान दिने राप्रपाले ठहर गरेको छ ।

उक्त सम्झौता कार्यान्वयनको क्रममा विवाद उत्पन्न भएमा नेपालको कानुन भन्दा माथि एमसिसी सम्झौता मान्य हुने व्यवस्था आपत्तिजनक र संविधानको भावना विपरीत रहेको हुँदा त्यसलाई सच्याउन संसद र सरकारलाई आग्रह गर्ने निर्णय भएको राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया