असार ३०, २०८२ सोमबार July 14, 2025

विश्व वातावरण दिवसमा हेटौंडामा साइकल र्‍याली

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः विश्व वातावरण दिवसका अवसरमा आज हेटौँडामा वातावरणीय सचेतना मूलक साइकल र्‍यालीको आयोजना गरिएको छ ।

हेटौँडा उपमहानगरपालिका टोल विकास संस्था नगर समन्वय समितिको आयोजनामा साइकल र्‍याली कार्यक्रम भएको हो ।

शनिबार हेटौँडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको साइकल र्‍याली चौघडा, हटिया, रातोमाटे, हेटौँडा बजार क्षेत्र हुँदै पुन उपमहानगरपालिका कार्यालयमा आएर समापन गरिएको थियो ।

टोल विकास संस्था नगर समन्वय समिति हेटौँडाका अध्यक्ष ध्रुव अधिकारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा अध्यक्ष अधिकारीले टोल विकास संस्था नगर समन्वय समिति हेटौँडा उपमहानगरपालिकाको हरेक वर्षको जेठ २२ गते विश्व वातावरण दिवसलाई सप्ताहव्यापी रुपमा वातावरण संरक्षणका विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको बताउनुभयो । उहाँले वातावरण संरक्षणमा सबैको सहयोग आवश्यक रहेको समेत औँल्याउनुभएको छ ।

उद्घाटन कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामा, हेटौँडा–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार