काठमाण्डौंः बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार आफ्नो पार्टी नेतृत्वका लागि विश्वासको मत लिनुपर्ने भएको छ ।
हाल उनी अध्यक्ष रहेको बेलायतको कन्जरभेटिभ पार्टीका केही सांसदले नै उनीप्रति अविश्वास रहेको बताएर पार्टीको संसदीय दलमा प्रश्न गरेपछि उनले विश्वासको मतको सामना गर्नुपर्ने भएको हो । उनले आजै पार्टीका सांसदहरुको मतको सामना गर्नुपर्ने भएको समाचारमा जनाइएको छ । रासस/एएफपी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया