मंग्सिर २, २०८३ बुधबार November 18, 2026

मोवाइलको विषयमा विवाद हुँदा परिवारै मिलेर महिलाको हत्या

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जनकपुरधाम । धनुषामा मोवाइलको विषयमा विवाद हुँदा एक महिलाको हत्या भएको छ । धनुषाको औरही गाउँपालिका-२ की २२ वर्षीया चिन्तामणि पासवानको उनकै परिवारका सदस्यले हत्या गरेको प्रहरीले दाबी गरेकोछ ।

चिन्तामणि र उनकी नन्द पुनिता पासवानबीच मोवाइलको विषयमा विवाद हुँदा झगडा भएको थियो । सोही विषयमा श्रीमान अनिलकुमार, नन्द पुनिता, सासू-ससुरा मिलेर उनको हत्या गरेको प्रहरीको भनाइ ५ ।

चिन्तामणिको घाँटी थिचेर हत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घाँटी थिचेर हत्या गरी अपराध लुकाउन मृतक झुण्डिएको हो भन्दै उनीहरुले हल्ला फैलाएर अटोरिक्सामा राखी प्रादेशिक अस्पताल पुर्‍याएको पाइएको डीएसपी रामेश्वर कार्कीले जानकारी दिएका छन ।

उपचार गराउन आउँदा घटना शंकास्पद देखिएपछि उनका परिवारका सदस्यहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मृतक चिन्तामणिका श्रीमान ३० वर्षीय अनिलकुमार पासवान, ससुरा ५५ वर्षीय राधाकृष्ण पासवान, ४५ वर्षीया सासू कुमला पासवान र २० वर्षीया नन्द पुनिता पासवान छन् ।

पक्राउ परेकाहरुलाई सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । चारै जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्य तोलामै ६ हजार ३ सयले घट्यो
२०८३ मंग्सिर २, बुधबार
एनपीएल–३ मा कुन टोलीका कप्तानको प्रदर्शन कस्तो ?
२०८३ मंग्सिर २, बुधबार
विद्यालयका निम्ति जग्गा खरिद गर्न देउसीभैलोबाट जुट्यो नौ लाख
२०८३ मंग्सिर २, बुधबार
एमालेको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि
२०८३ मंग्सिर २, बुधबार
आइजिपी पुनर्बहालीको माग गर्दै कार्कीको रिट, न्यायाधीश पौडेलको इजलासमा सुनुवाइ हुँदै
२०८३ मंग्सिर २, बुधबार
द्रुतमार्गको सुरुङ ‘ब्रेक थ्रु’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति मकवानपुरमा
२०८३ मंग्सिर २, बुधबार
आज बुधबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक
२०८३ मंग्सिर २, बुधबार