असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोना भाइरसका बिरामी निको पार्ने औषधि पत्ता लगाएको चिकित्सकको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । थाइल्याण्डका चिकित्सकले कोरोना भाइरसका बिरामी निको पार्ने औषधि पत्ता लगाएको दाबी गरिएको छ । चीनबाट आएकी एक जना कोरोना संक्रमित महिलाको एन्टिभाइरल औषधिको संयोजनबाट सफल उपचार गरिएको थाइल्याण्डको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राजाभिथी अस्पतालका डाक्टर क्रियांग्स एटिपार्नविचले चीनकी ७१ वर्षीया कोरोना संक्रमित महिलालाई एन्टिभाइरल औषधिको संयोजन गरेर निको पारेको दाबी गरेका छन् ।

उनलाई एचआइभी र फ्लूको उपचार गर्न प्रयोग गरिने औषधि दिइएको थियो । डाक्टरका अनुसार ती महिलालाई सुरुमा एन्टि एचआइभी औषधि लगाइएको थियो । पछि दुवै औषधिको संयोजन गरेर ती महिलाको उपचार गरिएको हो ।

अहिले बिरामीमा श्वासप्रश्वाससम्बन्धी कुनै समस्या नदेखिएको अस्पताल स्रोतले बताएको समाचार संस्था सिएनएनले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार