मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

हुम्ला आँखा शिविरबाट ४३७ जना लाभान्वित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः  जिल्ला अस्पताल हुम्लामा सञ्चालन भएको एकदिने निःशुल्क आँखा शिविरबाट ४३७ जना लाभान्वित भएका छन्। मङ्गलबार उनीहरुको निःशुल्क उपचार गरिएको छ भने आज ३६ जना मोतियाविन्दु भएका बिरामीको शल्यक्रिया गरिनेछ ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँ, स्वास्थ्य सेवा कार्यालय, जिल्ला आँखा उपचार केन्द्र, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा र नेपाल नेत्रज्योति सङ्घ जिल्ला शाखा हुम्लाको आयोजनामा सो शिविर भएको हो ।

शिविरबाट सिमकोट, खार्पुनाथसहित अन्य छिमेकी गाउँपालिकाका साथै सदरमुकाम सिमकोटमा बसोबास गर्ने आँखाका बिरामीले उपचार पाएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताइन् ।

यस्तै, २६ गते जिल्ला उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङमा निःशुल्क आँखा शिविर सञ्चालन हुने भएको छ। दुर्गम जिल्लाका नागरिकको निःशुल्क उपचारका लागि तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्र रोग विशेषज्ञ चिकित्सक गोविन्द पौडेलसहितको टोलीले उपचार गर्नेछ ।

शिविरमा मोतियाविन्दु, मासु पलाएकोलगायत रोगको निःशुल्क शल्यक्रियासहितका आँखासम्बन्धी उपचार निःशुल्क प्रदान गरिएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्यायालयबाट न्याय पाउनेमा विश्वस्त छु : कांग्रेस सभापति देउवा
२०८३ मंग्सिर ७, सोमबार
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
२०८३ मंग्सिर ७, सोमबार
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
२०८३ मंग्सिर ७, सोमबार
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता
२०८३ मंग्सिर ७, सोमबार
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र समकक्षी मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
२०८३ मंग्सिर ७, सोमबार