काठमाण्डौंः यमनको सरकारले यहाँका हुथी विद्रोहीका बिरुद्धमा यहाँको ताइज सरहमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न सहमत भएको जनाएको छ । जोर्डनको राजधानी अम्मानमा यमनी सरकार र हुथी विद्रोहीहरुका प्रतिनिधिकाबीचमा वार्ता जारी रहेको छ ।
केही दिनदेखि जारी रहेको सो वार्ताका क्रममा यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत हान्स ग्रुन्बर्गले मंगलबार सो प्रस्ताव गर्नुभएको थियो ।प्रस्तावमा ताइजमा हुथीहरुका विरुद्ध लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने जनाइएको छ । यता यमन सरकारका प्रतिनिधिहरु सो प्रस्ताव मान्न तयार भएको तर पनि त्यसका लागि हुथीहरुले पनि सो सहरमा जाने बाटो बन्द गराएका खोल्नुपर्ने जनाएको छ ।
अम्मानमा जारी रहेको सो वार्तामा यमनका सरकारी प्रतिनिधिहरुले संयुक्त राष्ट्रसङ्घले राखेको प्रस्तावमा स्वीकृति जनाएका हुन् ।अम्मानमा गएको आइतबारदेखि यमनी सरकार र हुथी विद्रोहीका बीचमा वार्ता जारी छ । सो वार्तामासंयुक्त राष्ट्रसङ्घका विशेष दूत हान्स ग्रुन्बर्ग पनि उपस्थित हुनुहुन्छ ।
यी तीन पक्षबीच आइतबारबाट सुरु भएको यो दोस्रो चरणको वार्ता सकारात्मक रहेको समाचारमा जनाइएको छ ।पहिलो चरणमा गरेको वार्तामा केही प्रगति भएको बताइएपछि यो दोस्रो चरणको वार्ता सुरु भएको हो ।
यहाँ धेरै वर्षदेखि विद्रोह र हिंसा हँुदै गएपछि यसको राजनीतिक समाधान निकाल्नुपर्नेमा जोड दिइएको थियो । सोही कारण संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिको उपस्थितिमा यहाँकोे विद्रोहको राजनीतिक समाधान निकाल्नका लागि भन्दै यो वार्ता सुरु भएको हो । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया