असार २४, २०८२ मंगलबार July 8, 2025

राष्ट्रिय सभा सदस्य चयनका लागि भारतका चार राज्यमा मतदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतको राष्ट्रिय सभा सदस्य चयनका लागि चार राज्यमा शुक्रबार मतदान भएको छ ।

निर्वाचन आयोगले भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान र हरियाणा राज्यमा शुक्रबार भएको निर्वाचनबाट राष्ट्रिय सभाका लागि १६ जना निर्वाचित हुने जनाएको छ ।

स्थानीय समय अनुसार विहान ९ बजेदेखि बेलुका ४ बजेसम्म मतदानको समय तोकिएको थियो ।

यसअघि भारतको उत्तर प्रदेश, तमिल नाडु, आन्द्र प्रदेश, विहार, उडिशा, मध्य प्रदेश, पञ्जाब, छत्तिसगढ, उत्तराखण्ड, झारखण्ड र तेलङ्गनाबाट भने हालै ५७ जना निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।

अहिलेको निर्वाचनमा राष्ट्रिय चर्चित नेताहरु पनि प्रतिस्पर्धामा हुनुहुन्छ । संघीय मन्त्रीद्वय पियुष गोयल र निर्मला सितारमण, काँग्रेस नेता जयराम रमेश, राणदिप सुर्जेवाल र मुकुल वास्निकको भाग्यको फैसला निर्वाचन परिणामले गर्नेछ । रासस-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया