श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

वडाध्यक्ष मृत भेटिए, हत्याको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

धनगढी । अछाममा एक वडाध्यक्ष मृत भेटिएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय, अछामले घटनाको पुष्टि गर्दै वडाध्यक्ष धामीको शव मंगलबार बिहान भेटिएको जनाएको छ ।

वडाध्यक्ष धामीको हत्या भएको आशंका आफन्त र स्थानीयले गरेका छन् । प्रहरीले भने घटनाबारे थप अनुसन्धान भइरहेकाले अहिले नै यकिन गर्न नसकिने जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया