मंग्सिर ७, २०८३ सोमबार November 23, 2026

भक्तपुरमा ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः क्लिनिक वान सूर्यविनायक भक्तपुरको प्राङ्गणमा शनिबार सञ्चालित स्वास्थ्य शिविरमा भक्तपुर जिल्लाका ४३ जना ट्राफिक प्रहरीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भक्तपुरमा बढिरहेको वायु प्रदूषण र त्यसबाट ट्राफिक प्रहरीलाई परिरहेको असरलाई मध्यनजर गर्दै परीक्षण सेवा सञ्चालन गरिएको हो ।

यस अवसरमा वरिष्ठ पुल्मनोलोजिस्ट डा. राजेश किशोर यादव, कान, नाक तथा घाटी विशेषज्ञ डा. रूपक खड्का र आँखा रोग विशेषज्ञ डा. टिना श्रेष्ठ तथा क्लिनिक वान भक्तपुरका कर्मचारीले ट्राफिक प्रहरीहरूको रक्तचाप, मधुमेह, आँखा, कान, नाक, घाटी तथा छातीको परीक्षण गरेका थिए । उनीहरूको फोक्सोको क्षमताको परीक्षण पनि गरिएको थियो ।

स्वास्थ्य शिविरमा सहभागी भएका धेरै ट्राफिक प्रहरीमा श्वासप्रश्वासको समस्या देखिएको चिकित्सकले जनाएका छन् । त्यस्तै, ट्राफिक प्रहरीमा आँखाको समस्या पनि देखिएको छ ।

‘सडकमा बढ्दो सवारी तथा बढ्दो वायु प्रदूषणका कारण ट्राफिक प्रहरीहरूको स्वास्थ्य जोखिममा रहेको छ,’ उपचारमा संलग्न डा. रूपक खड्काले भने, ‘हामीले ट्राफिक प्रहरीलाई ड्युटीमा हुँदा मास्क अनिवार्य रूपमा लगाउन सल्लाह दिएका छौं ।’

लायन्स क्लब भक्तपुर दरबार स्क्वायर, क्लिनिक वान भक्तपुर, धनञ्जय बचत तथा ऋण सहकारी संस्था र उज्यालो बचत तथा ऋण सहकारी संस्थाले संयुक्त रूपमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
न्यायालयबाट न्याय पाउनेमा विश्वस्त छु : कांग्रेस सभापति देउवा
२०८३ मंग्सिर ७, सोमबार
नेपालमै विकसित सेल ब्रडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
२०८३ मंग्सिर ७, सोमबार
संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
२०८३ मंग्सिर ७, सोमबार
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता
२०८३ मंग्सिर ७, सोमबार
उपराष्ट्रपति यादवसँग संयुक्त अरब इमिरेट्सका राजदूतको शिष्टाचार भेट
२०८३ मंग्सिर ७, सोमबार
प्रधानमन्त्री शाह र समकक्षी मोदीद्वारा संयुक्तरूपमा तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
२०८३ मंग्सिर ७, सोमबार