असार २४, २०८२ मंगलबार July 8, 2025

भारत–चीन सीमामा शान्ति कायम गर्न १५ चरणमा वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः दुई देशबीचको सीमामा शान्ति कायम गर्न चीन र भारतले अहिलेसम्म कमाण्डर स्तरमा १५ चरणको  वार्ता गरिसकेका छन् । तर, पनि दुई देशका सीमामा अशान्ति बढ्दो छ ।

चिनियाँ रक्षामन्त्री जनरल वेई फेङ्गले सीमा क्षेत्रमा शान्ति स्थापनका लागि विभिन्न चरणमा कमान्डर स्तरमा वार्ता भएको बताएका छन् । उनले दुवै देशले वास्तविक नियन्त्रण रेखामा शान्ति स्थापना गर्ने दिशामा काम गरिरहेको बताएका हुन् । सिंगापुरमा आयोजित सांग्रिला संवादमा सम्बोधन गर्दै फेङ्गले यस क्षेत्रमा शान्ति कायम गर्नु भारत र चीन दुवैको आपसी हितमा रहेको र त्यसका लागि दुवै पक्ष सहमतिमा पुग्न निकै प्रयासरत रहेको बताए ।

एलएसीमा भएका द्वन्द्वबारे रक्षामन्त्री फेङ्गले भने, ‘हामीले भारतीयहरूसँग कमाण्डर स्तरमा १५ चरणको वार्ता गरेका छौं  । हामी यस क्षेत्रमा शान्ति स्थापना गर्न मिलेर काम गरिरहेका छौँ ।’ तर, फेङ्गले चीनले आफ्नो क्षेत्रमा भारतीय स्वामित्वका हतियार फेला पारेको दाबी गर्दै भारतले सीमापार मानिससमेत पठाएको आरोप लगाए ।

‘ हामीले भारतीय पक्षको स्वामित्वमा रहेका धेरै हतियार फेला पारेका छौं । उनीहरूले मानिसहरूलाई चिनियाँ भूभागमा पनि पठाएका छन्’ फेङ्गले भने । इन्डो प्यासिफिक क्षेत्रमा उसको सक्रियतालाई लिएर उनले अमेरिकाको समेत आलोचना गरे । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार