असार ३०, २०८२ सोमबार July 14, 2025

मकवानपुर गोल्डकपको उपाधि आर्मीले उचाल्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साविक विजेता त्रिभुवन आर्मी क्लबले घरेलु टोली विजय यूथ क्लबलाई हराउँदै मकवानपुर गोल्डकपको उपाधि उचालेको छ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा सम्पन्न चौथो स्थानीय तह शहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकको उपाधि आर्मीले जितेको हो।

हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा आर्मीले घरेलु टोली विजय यूथलाई २–१ गोलअन्तरले हराउँदै उपाधी जितेको हो।

आर्मीले यसअघिको संस्करणमा पनि घरेलु टोलीलाई हराउँदै उपाधी जितेको थियो। आर्मीको लागि कप्तान भरत खवासले खेलको १४ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। खेलको २५ औं मिनेटमा विजय यूथका डोना थापाले पेनाल्टी मार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। आर्मीका डिफेन्डरले पेनाल्टी क्षेत्रमा विजय युथका विमल रानालाई लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै डोना थापाले खेललाई बराबरीमा ल्याएका हुन् ।

५० औं मिनेटमा आर्मीका कमलबहादुर थापाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए। खेलको ५५ औं मिनेटमा आर्मीले पेनाल्टीको अवसर पाएको थियो।

विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले आर्मीका सन्तोष केसीलाई लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो। पाएको पेनाल्टी दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी अग्रता बढाउनबाट चुक्यो।

उपाधि जितेसँगै आर्मीले १५ लाख रुपैयाँसहित ट्रफी प्राप्त ग¥यो। विजय यूथले भने १० लाख रुपैयाँमा नै चित्त बुझाउन बाध्य भएको छ। जेठ १९ गतेबाट सुरु भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो। आर्मीले क्यामरुनको एभिनियर एफसी र विजय यूथले नेपाल पुलिस क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार