असार ३०, २०८२ सोमबार July 14, 2025

एनएसएलको नयाँ मिति भदौ अन्तिम सातालाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि भदौ अन्तिम सातादेखि कार्तिक पहिलो सातासम्मको समय उपलब्ध गराएको छ । एन्फाले सोमबार आयोजक नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्टलाई पत्र काट्दै एनएसएलका लागि भदौ २५ गतदेखि कार्तिक ५ गतेसम्मको समय उपलब्ध गराएको हो ।

साथै एन्फाले प्रतियोगिता सञ्चालन गर्नुपूर्व खेल तालिका तथा खेल नियमावलीसहित प्राविधिक पक्षका विषयहरु खेल हुनुपूर्व स्वीकृत गराउन आग्रह गरेको छ ।

यसअघि एनएसएलको दोस्रो संस्करण चैत्र २६ गतेदेखि ८ गतेसम्म हुने तय भए पनि सहभागी क्लबहरुले तयारीका लागि समय नपुग्ने बताएपछि प्रतियोगिता स्थगित भएको थियो ।

त्यसपछि प्रतियोगिता आयोजनाको लागि आयोजकले एन्फासँग भदौ २५ देखि कार्तिक ५ गतेसम्मको समय माग गरेको थियो ।

प्रतियोगिताको लागि आयोजकले गत फागुन २० गते खेलाडी अक्सनसमेत गरेको थियो । एनएसएलको दोस्रो संस्करणमा असन्तुष्ट जनाउँदै ‘ए’ डिभिजन लिगका क्लबहरु समेत विरोधमा उत्रिएका थिए । जसका कारण प्रतियोगिता निर्धारित समयमा हुन सकेको थिएन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार