काठमाडौंः धान दिवसको अवसर पारेर नेपाल खेलकुद महासंघले हिले डोरी तान प्रतियोगिता आयोजना गर्ने भएको छ ।
महासंघको सोमबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय धान दिवसको अवसर पारेर खेलाडी खेतमा दुई दिन भन्ने नाराका साथ हिले डोरी तान प्रतियोगिता आयोजना गर्न लागेको हो ।
त्यस्तै महासंघले मंसिर १४ गते स्थापना दिवसको अवसरमा देशभर साताव्यापी खेल महोत्समव आयोजना गर्ने भएको छ ।
महासंघले देशभर हुने खेलकुद कार्यक्रमको वार्षिक क्लालेन्डर बनाउने भएको छ। उसले महासंघमा आवद्ध खेल संघहरुको बैठक राखेर यस्तो क्यालेन्डर बनाउन लागेको हो।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया