काठमाण्डौंः कर्णालीमा कुपोषणको अवस्था भयावह रहेको एक तथ्याङ्कले देखाएको छ । युनिसेफको तथ्याङ्कअनुसार कर्णालीका आधा बालबालिकामा कुपोषणको समस्या छ । सन् २०१६ देखि २०१९ सम्मको तथ्याङ्क अनुसार सन्तुलित आहारको अभावमा कर्णालीका अधिकांश बालबालिका कुनै न कुनै प्रकारको कुपोषणबाट पीडित रहेको पाइएको हो ।
पोषिलो खानाको अभावमा पाँच वर्षमुनीका बालबालिकामा अधिक पोषण, न्यून पोषण, मोटोपन, पुड्केपन, ख्याउटे, कमतौल र सुकेनास जस्ता समस्याबाट ग्रसित हुनुपरेको तथ्याङ्कले औल्याएको छ ।
तथ्याङ्क अनुसार ४८ प्रतिशत बालबालिका कम उचाइका छन् । सन् २०१६ मा कर्णालीका ५४ प्रतिशत बालबालिकाहरुमा उमेर अनुसारको उचाई थिएन । विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले कुपोषण हटाउन कार्य गर्दा चार बर्षमा ६ प्रतिशत सुधार आएको छ । सन् २०१९ को तथ्याङ्क अनुसार प्रदेशका ४८ प्रतिशत बालबालिकामा पुड्कोपनाको समस्या छ ।
त्यस्तै सन् २०१६ मा कर्णालीका सात प्रतिशत बालबालिकाहरुमा ख्याउटेपना रहेकोमा हाल १८ प्रतिशत बालबालिकाहरुमा ख्याउटेपना छ । ख्याउटेपना पनि अन्य प्रदेशको तुलानामा कर्णालीमा उच्च छ । त्यस्तै पाँच वर्ष उमेरमुनीका कर्णालीका ३७ प्रतिशत बालबालिकाहरुमा कम तौलका छन् । त्यस्तै कर्णालीका ६० प्रतिशत बालबालिकाहरुल े जन्मे का े एक घण्टाभित्र आमाको दुध पिउन पाउँदैनन् । तथ्याङ्क अनुसार कर्णालीका ४० प्रतिशत बालबालिकाले मात्रै जन्मेको एक घण्टाभित्र आमाको दुध खान पाउँछन् ।
सन् २०१६ मा कर्णालीका ६८ प्रतिशत बालबालिकाले जन्मेको एक घण्टामा पनि आमाको दुध पिउन पाएका थिएनन् । कर्णालीका ८४ प्रतिशत बालबालिकाले जन्मेको ६ देखि ८ महिनाभित्र ठोस, तथा अर्धठोस र नरम खाना सुरुवात गर्ने गरेको छन् । जबकी देशभर ८७ प्रतिशत बालिबालिकाले जन्मेको ६ देखि ८ महिनाभित्र नरम खानेकुराहरु खाने गरे का छन ् ।तर कर्णालीका ७० प्रतिशत बालबालिकाले न्यूनतम आहारको विविधता पाएका छैनन् ।
६ देखि २३ महिनाको अवधिमा कर्णालीका ३० प्रतिशत बालबालिकाले मात्रै न्यूनतम आहारा पाउने गरेको युनिसेफका पोषण अधिकृत प्रकाशचन्द जोशीले जानकारी दिए । पोषण आहाराको कमीकै कारण कर्णालीका ४८ प्रतिशत बालबालिकामा रक्तअल्पता हुने गरेको छ ।
कुपोषण घटनाउने प्रदेश सरकारको कसरत
यसैबीच कर्णाली प्रदेश सरकारले स्थापना भएको तीन वर्षपछि मात्र कुपोषण घटाउने नीतिगत व्यवस्था निर्माणमा अग्रसरता देखाएको छ । बुधबारदेखि कर्णाली प्रदेश सरकारले कर्णालीमा कुपोषण हटाउने अभियान सुरु गरेको छ । कर्णालीका बालबालिकामा देखिएको कुपोषणको दर हटाउने उद्देश्यले मंगलबार कर्णाली प्रदेश योजना आयोगले दातृ निकाय र प्रदेश सरकारकासँग छलफल चलाएको हो । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया