जेठ ५, २०८१ शनिबार May 18, 2024

साढे ६ हजार पर्ने नोकियाको सी१ स्मार्टफोन नेपाली बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नयाँ नोकिया स्मार्टफोन सी१ नेपाली बजारमा उपलब्ध भएको छ। ३ सय ६५ दिनको रिप्लेसमेन्ट सुविधा भएको यस स्मार्टफानको बजार मूल्य ६ हजार ४ सय ९९ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

नोकिया मोबाइलको नेपालको लागि आधिकारिक वितरक टेलिटक प्रालिले बेस्ट बजेट स्मार्टफोन भएकाले नोकिया सी१ ग्राहकले अत्यधिक रचाउने कम्पनीको दाबी छ।

फोनमा १ जीबी र्याम, १६ जीबी रोम रहेको छ। ६४ जीबीसम्मको मेमोरी कार्ड यसले सपोर्ट गर्छ भने फोनमा २५ सय एमएएच रिमुभेबल ब्याट्री रहेको छ।

नोकिया सी१ रकेटमा एफएम रेडियो र डुअल सिम राख्न सकिन्छ। यसमा एलटीई सपोर्ट नभएर थ्रिजी सपोर्ट रहेको छ। यसले वाइफाइ ४ सपोर्ट गर्ने कम्पनीले जनाएको छ। फोनको मुख्य फोकस एन्ड्रोइड ९ गो संस्करणमा राख्न सकिन्छ। यसले डेटा प्रयोग घटाउन मद्दत गर्दछ जुनप्रविधि स्मार्टफोनका लागि राम्रो कुरा हो।

साथै कम्पनीले नोकियाको बार फोनहरुमा पनि ३ सय ६५ दिनको ग्यारेन्टी सुविधा दिएको छ । यी फोनहरु गुणस्तरीय, बलियो र आकर्षक देखिन्छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया