असार ३०, २०८२ सोमबार July 14, 2025

आइसिसी विश्वकप क्रिकेट लिग–२ : नेपालद्वारा ओमान पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ: आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले ओमानलाई सहजै पराजित गरेको छ । अमेरिकाको टेक्सासस्थित मोसा क्रिकेट मैदानमा केहीबेर अघि सम्पन्न खेलमा नेपालले ओमानलाई सात विकेटले पराजित गरेको हो । ओमानविरुद्धको खेलमा नेपालका करन केसीले उत्कृष्ट बलिङ गर्दै एक्लैले पाँच विकेट लिएपछि जित सहज बनेको हो ।

ओमानले टस जितेर पहिला ब्याटिङ रोजेको थियो । ओमानले ४६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर मात्र १६३ रन बनाउन सक्यो । एक सय ६४ रनको विजयी लक्ष्य नेपालले तीन विकेट गुमाएर ३३ दशमलव एक ओभरमा पूरा गर्यो ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय पारी खेले । भुर्तेलले ७५ बलको सामना गर्दै पाँच चौकाको मद्दतमा ५६ रन बनाए । शेखले ८६ बलमा ६२ रन बनाए । यसमा उनको एक छक्का र सात चौकासमेत सामेल थियो । यस्तै देव खनालले १२ बलमा एक चौकासहित १० तथा उपकप्तान रोहितकुमार पौडेलले अविजित २६ रनको योगदान दिए । उनले २१ बलको सामना गर्ने क्रममा एक छक्का र एक चौका हिर्काए । दीपेन्द्रसिंह ऐरीले अविजित रहँदै सात रन बनाए ।

बलिङतर्फ ओमानका फायाज बटले दुई तथा खवर अलीले एक विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको ओमान निर्धारित ५० ओभरको खेलमा १६३ रनमै खुम्चियो । ओमानका लागि कप्तान जिशन मक्सुदले अर्धशतकीय पारी खेले । उनले एक सय बलको सामना गर्ने क्रममा तीन चौकाको मद्दतमा ५२ रनको योगदान दिए । यस्तै सन्दीप गौडले ९१ बल खेल्दै एक छक्का र तीन चौकासहित ४७ रन बनाए ।

बलिङतर्फ नेपालका करन केसीले पाँच, कप्तान सन्दीप लामिछानेले तीन तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए । जितसँगै नेपाल अङ्क तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । नेपालले हालसम्म खेलेको १५ खेलमध्ये सातमा जित निकाल्दै १५ अङ्क जोडेको छ । नेपालले अर्को खेल आज राति ९ : १५ बजे घरेलु टोली अमेरिकासँग खेल्ने छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार