असार ३०, २०८२ सोमबार July 14, 2025

एएफसी एसियन कप छनोट: इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एएफसी एसियन कप छनोटको तेस्रो चरणको समूह ए को अन्तिम खेलमा नेपालले इन्डोनेसियासँग ७–० को लज्जास्पद हार बेहोरेको छ ।

मंगलबार राति कुवेत सिटी स्थित जवर अल अहमाद अन्तर्राष्ट्रिय मैदानमा नेपाल १० खेलाडीमा सिमित रहँदै खेल टुंगाएको थियो । यो सँगै नेपाल प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ । नेपालका सुमन अर्याल ११औं मिनेटमा दोहोरो पहँलो कार्डको सामना गरेका थिए ।

तीन खेल खेलेको नेपाल १३ गोल वेहोर्दै १ गोलमा चित्त बुझायो । नेपालको लागि एकमात्रै गोल दर्शन गुरुङले गरेका थिए ।

यस अघि इन्डोनेसियाविरुद्ध मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी दोहोरो कार्डका कारण निलम्बन हुँदा नेपालको टेक्निकल एरियामा सहायक प्रशिक्षक किरण श्रेष्ठ रहेका थिए ।

जुन खेलमा निर कुमार राई, शिव गुरुङले डेब्यु अवसर पाए । कप्तानमा नवयुग श्रेष्ठलाई आराम दिईदा पुजन उपरकोटीले आर्म ब्याण्ड लगाए ।

इन्डोनेसियाको जितमा वितान सुलाइमानले दुई गोल गरे । यस्तै मुहमद दिमास द्रजाड, फाकरद्दिन , सादिल रामदानी, एलकान बागोट र मार्सेलिनो फेर्डिनानले एक एक गोल गरे ।

हारसँगै नेपालले अंक विहीन रहदै पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ । नेपाल पहिलो खेलमा जोर्डनसँग २–० र दोस्रो खेलमा कुवेतसँग ४–१ अन्तरले पराजित भएको थियो ।

समूह ए बाट जोर्डन विजेता र इन्डोनेसिया उत्कृष्ट उपविजेताको रुपमा दोस्रो चरणमा स्थान बनाए ।  हारपछि नेपालका प्रशिक्षक किरण श्रेष्ठले रातो कार्डका कारण टिम दवावमा पर्दा हार वेहोरेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार