श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

प्लाष्टिक उद्योगमा आगलागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रअन्तर्गत रहेको अमृत प्लाष्टिक उद्योगमा आगलागी भएको छ। वीरगञ्ज महानगरपालिका–१४ मा रहेको उद्योगमा बुधबार बिहान लागेको आगो साढे तीन घण्टामा मात्र नियन्त्रणमा लिइएको थियो।

आगो वीरगञ्ज महानगरपालिकाको तीन, कलैया उपमहानगरपालिकाको एक, जितपुरसिमरा उपमहानगरपालिकाको एक र पोखरिया नगरपालिकाको एक गरी ६ वटा दमकल प्रयोग गरी सुरक्षाकर्मी र स्थानीयले नियन्त्रणमा लिएको वीरगञ्ज महानगरपालिका वारुणयन्त्र शाखाका नेहाल अहमदले बताएका छन।

आगलागीमा उद्योगका मेसिन र कच्चा पदार्थसहित केही तयारी सामान पनि जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जनकारी दिएका छन। आगो कसरी लाग्यो भन्ने अनुसन्धान भइरहेको उनको भनाइ छ। क्षतिको पूर्णविवरण यकिन हुन बाँकी छ। उद्योग सञ्चालक वीरगञ्ज–१६ का राजेश दास तत्वाले भने ७० लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया