असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तानको मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानद्धारा निन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको एक मन्दिरमा भएको हिंसात्मक हमलाको पाकिस्तानले निन्दा गरेको छ । शनिबार अफगानिस्तानको राजधानी काबुलमा भएको हमलामा परी कैयौँको ज्यान गएको थियो । सो हमलाको पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्ति मार्फत् निन्दा गरेको छ ।

पाकिस्तानी विदेश मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशन गरी सो मन्दिरमा हमला गरी निर्दाेष नागरिकको हत्या गर्ने काम निन्दनीय रहेको बताइएको छ । सो विज्ञप्तिमा आतङ्ककारी क्रियाकलापको निन्दा गर्दै यसमा संलग्नहरुलाई कडा कारबाही गर्न पनि आग्रह गरिएको छ ।

साथै सो विज्ञप्तिमा पाकिस्तान सबै खाले आतङ्कवादको विरोध गर्दछ भन्दै पाकिस्तान अफगान जनताको साथमा रहेको बताइएको छ । रासस/सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया