असार २४, २०८२ मंगलबार July 8, 2025

युक्रेनले लगायो रुसी संगीतमा प्रतिबन्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनको संसदले मिडिया र सार्वजनिक स्थानहरूमा केही रुसी संगीतलाई प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेको छ । यो प्रतिबन्ध सबै रुसी संगीतमा लागू हुनेछैन । बरु यो प्रतिबन्ध सन् १९९१ पछि रूसी नागरिक भएकाहरूद्वारा सिर्जना गरिएको वा प्रदर्शन गरिएको संगीतसँग सम्बन्धित छ ।

तर, युक्रेनमा रुसी युद्धको निन्दा गर्ने कलाकारहरूले प्रतिबन्धबाट छुटको लागि निवेदन दिन सक्छन् । त्यस्तै रुस र बेलारुसबाट पुस्तक आयात गर्न पनि संसदले प्रतिबन्ध लगाएको छ ।
पूर्वी र दक्षिण युक्रेनका क्षेत्रहरूमा बसोबास गर्नेहरू मध्ये धेरैले ऐतिहासिक रूपमा रूससँग बलियो सम्बन्ध महसुस गरेका छन । त्यस क्षेत्रका प्रायः मानिसको पहिलो भाषा रुसी भाषा हो ।

तर, युक्रेनमा रुसी हमलाले धेरै युक्रेनीहरूलाई रुसी  संस्कृतिबाट अलग गर्न खोजेको छ । आइतबार सांसदहरूले अनुमोदन गरेको विधेयकले टेलिभिजन, रेडियो, विद्यालय, सार्वजनिक यातायात, होटल, रेस्टुरेन्ट, सिनेमाघर र अन्य सार्वजनिक स्थानहरूमा केही रूसी संगीत बजाउन वा प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार