असार ३०, २०८२ सोमबार July 14, 2025

एसीसी महिला टी-ट्वान्टी – बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मलेशियामा जारी नेपाली राष्ट्रिय महिला क्रिकेट टोली एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको समूह चरणको तेस्रो खेलमा बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो। मलेसियाको किनरारा ओभलमा वर्षाका कारण ७ ओभरमा घटाइएको खेलमा बहराइनले दिएको १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्दा नेपालको अन्तिम चारको यात्रा तय भएको हो।

१५ रनको सामान्य लक्ष्य पश्चात जवाफी ब्याटिङ गरेको नेपालका लागि सीता राना मगरले ४ रन बनाउँदा कविता जोशीले ३ रन बनाइन्। बहराइनका लागि पावितार सेट्टी र भिटिका बारभोजाले एक–एक विकेट लिए।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको बहराइनले ६ विकेट गुमाएर १४ रन बनाएको हो। बहराइनका लागि इशारा सुहुनले सर्वाधिक ६ रन बनाइन्। नेपालका लागि बलिङतर्फ कविता कुँवर र सबनम राईले दुई–दुई विकेट लिइन्।

त्यस्तै अस्मिना कर्माचार्यले एक विकेट लिइन् । जितसँगै नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो। अब अन्तिम खेलमा नेपालले हंङकङसँग मंगलबार खेल्नेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार