असोज १५, २०८३ बिहिबार October 1, 2026

कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या ५६५ पुग्यो , २८ हजारभन्दा बढी संक्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । चीन र अन्य दुई मुलुकमा गरी कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५६५ पुगेको छ।

भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मात्रै ५६३ मानिसको मृत्यु भएको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ।

यसबाहेक कोरोना संक्रमणबाट फिलिपिन्स र हङकङमा एक/एक जनाको मृत्यु भएको हो।

चीनमा मात्रै कोरोना भाइरसबाट संक्रमितको संख्या २८ हजार १८ पुगेको छ। चीन र अन्य २ दर्जन मुलुकमा गरी कोरोना संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ।

बुधबार मात्रै चीनमा थप ३ हजार ६ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्। मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो।

त्यस्तै मंगलबार करिब ३ हजार ९ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रियसभा बैठक : दुई रिक्त पद पूर्ति गर्ने तयारीदेखि विपद् अध्ययन समितिसम्म
२०८३ असोज १५, बिहिबार
स्विस हिमनदीमा ५.५ प्रतिशत बरफ घट्यो
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाली राजदूत अर्न्स्टबीच भेटवार्ता
२०८३ असोज १५, बिहिबार
नेपाल टेलिकमको एनटीटिभीमा ‘भर्चुअल सेट–टप बक्स’ सुविधा
२०८३ असोज १५, बिहिबार
‘सरकारको छ महिना जनअपेक्षाअनुसार उपलब्धिपूर्ण भएन’ : भीष्मराज आङ्देम्बे
२०८३ असोज १५, बिहिबार
वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन
२०८३ असोज १५, बिहिबार
परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै
२०८३ असोज १५, बिहिबार