असार ३०, २०८२ सोमबार July 14, 2025

अष्ट्रेलियामाथि श्रीलंकाको रोमाञ्चक जीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रीलंकाले अष्ट्रेलियामाथि रोमाञ्चक जीत हात पारेको छ । श्रीलंकाले चौथो ओडिआइ खेलमा अष्ट्रेलियामाथि चार रनको रोमाञ्चक जीत निकाल्दै एक खेल अगावै श्रृंखला आफ्नो हात पारेको हो ।

यो जीतसँगै पाँच ओडिआइ खेलमा श्रीलंकाले ३-१ को अग्रता कायम राख्दै श्रृंखला आफ्नो पक्षमा पारेको छ ।

श्रीलंकाको प्रेमादासा इन्टरनेशनल क्रिकेट स्टेडियममा गएराती सम्पन्न खेलमा टस जितेर ब्याटिङको निम्तो पाएको घरेलु टोली श्रीलंकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २५८ रन बनाएको थियो ।

श्रीलंकाका लागि चारित असालांकाले १०६ बलमा ११० रनको शतकीय पारी खेल्दै श्रीलंकाको रनरेट उच्च बनाएका थिए । त्यसैगरी अर्का अलराउण्डर धनञ्जय डी सिल्भाले ६० रनको अर्धशतकीय पारी सम्हालेका थिए ।

२ सय ५९ रनको प्रतिस्पर्धात्मक विजय लक्ष्य बोकेर ब्याटिङमा उत्रिएको अष्ट्रेलिया निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय ५४ रनमा समेटिएपछि श्रीलंकाले चार रनले यो जीत हात पारेको हो ।

अष्ट्रेलियाका लागि डेभिड वार्नरले ११२ बलमा सर्वाधिक ९९ रनको पारी खेलेका थिए । श्रीलंका तथा अष्ट्रेलियाबीचको पाँचौ तथा अन्तिम ओडिआइ खेल आउँदो शुक्रबार खेलिने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार