श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

लुम्बिनी प्रादेशिक अस्पतालका सटर भत्काउन सुरू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । लुम्बिनी प्रादेशिक अस्पतालका सटर बिहीबार बिहान डोजर लगाएर हटाउन सुरु भएको छ। बिहीबार बिहानै डोजर लगाएर सटर भत्काउन थालिएको हो ।

अस्पतालका नाममा केही व्यवसायीहरुले सम्झौताअनुसार नै व्यवसाय सञ्‍चालन गर्न पाउनु पर्ने भन्दै रुपन्देही जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । व्यवसायीको मुद्दाको अदालतले अन्तरकालीन खारेज गरिदिए पछि अस्पतालले सटर खाली गर्न ४८ घण्टे अल्टिमेटम दिएको थियो ।

एकाबिहानै डोजर सटर भत्काउन पुगेपछि व्यवसायीहरु तितरबितर भएका थिए।

जिल्ला अदालत रुपन्देहीले माघ १९ गतेका दिन यस्तो आदेश गरेपछि अस्पतालले व्यवसायीलाई ४८ घण्टाभित्र सटर खाली गर्न चेतावनी दिएको थियो ।

अस्पतालले व्यवसायीलाई पत्र नै दिएर खाली गर्न लगाए पनि नमानेपछि डोजर लगाएर भत्काउन सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले बताएका छन । सटर भाडामा लगाएबापत अस्पताललाई वार्षिक नौ करोड आम्दानी हुँदै आएको थियो ।

कात्तिक १८ मा प्रदेश ५ को मन्त्रिपरिषद्को बैठकले अस्पताललाई विशिष्टकृत अस्पताल बनाउन सटरहरु बाधक भएकाले भत्काउन सामाजिक विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो ।

चालु आर्थिक वर्षमा प्रदेश सरकारले अस्पताललाई प्रादेशिक गौरवको योजनाको रूपमा राखेर विसिष्टिकृत बनाउने भनेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया