भाद्र २, २०८३ मंगलबार August 18, 2026

बागमती प्रदेशसभा बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः बागमती प्रदेशसभाको बैठक आज दिउँसो  २ बजे बस्ने भएको छ  । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले आज बस्ने बैठकमा यही  असार १ गते प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।

 प्रदेशसभा बैठक बस्नुअघि कार्य व्यवस्था परामर्श समितिको बैठक पनि मध्याह्न १२ बजे बस्दैछ ।  प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) को तर्फबाट सरकारले प्रस्तुत गरेको आवको बजेटमाथि संशोधन गरियोस् भनी प्रस्ताव दर्ता गर्ने प्रदेशसभा सदस्य रामेश्वर फुँयालले जानकारी दिनुभयो ।

प्रदेश सरकारले आगामी आवका लागि कुल रू. ७० अर्ब ९३ करोड अनुमानित बजेट सार्वजनिक गरेको छ । सार्वजनिक कुल बजेटमध्ये चालुतर्फ रु. १९ अर्ब दुई करोड, पुँजीगततर्फ रु. ४१ अर्ब ५६ करोड, वित्तीय हस्तान्तरणतर्फ रु. आठ अर्ब र वित्तीय व्यवस्थापनतर्फ रु. दुई अर्ब बजेट विनियोजन गरिएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कानुनको अधिनमा रहेर व्यावसायिक प्रतिस्पर्धा गर्नुपर्छ : मन्त्री डा. तिमिल्सिना
२०८३ भाद्र २, मंगलबार
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
२०८३ भाद्र २, मंगलबार
इन्डोनेसियामा भूकम्प, १२ हजारभन्दा बढी विस्थापित
२०८३ भाद्र २, मंगलबार
ओलीका ‘घरबेटी’ किरण थापा बागमतीको मुख्यमन्त्रीका उम्मेदवार
२०८३ भाद्र २, मंगलबार
श्रीलङ्कामा न्यायिक सुधार विवादमा
२०८३ भाद्र २, मंगलबार
काँग्रेसको १५ औं महाधिवेशन कार्यतालिका सार्वजनिक
२०८३ भाद्र २, मंगलबार
सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु
२०८३ भाद्र २, मंगलबार