भाद्र १, २०८३ सोमबार August 17, 2026

सभामुख सापकोटासहितको संसदीय प्रतिनिधिमण्डल अजरबैजान प्रस्थान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा अजरबैजानतर्फ प्रस्थान गर्नुभएको छ । मङ्गलबार बिहान ११ बजेर १५ मिनेटमा सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

यही असार १६ देखि १८ गतेसम्म बाकु अजरबैजानमा हुन गइरहेको असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनमा सभामुख सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डल सहभागी हुनेछन् ।

सापकोटाको नेतृत्वको संसदीय प्रतिनिधिमण्डलमा सदस्य पुष्पा भुसाल, राष्ट्रिय सभाका सदस्य रामचन्द्र राई र सभामुखका स्वकीय सचिव गोविन्द पाठक रहनुभएको छ । सापकोटासहितको टोलीलाई खानेपानी मन्त्री उमाकान्त चौधरीले बिदाइ गर्नुभयो ।

उक्त कार्यक्रममा सभामुख सापकोटाले असंलग्न आन्दोलनको आवश्यकता एवम् महत्व तथा यो अभियानका पक्षमा राष्ट्रहरुका संसद्हरुबीचको सहकार्य अभिवृद्धि सम्बन्धमा नेपालको प्रतिनिधित्व गर्नुहुँदै सम्बोधन गर्नुहुने कार्यक्रम छ । सम्मेलनले बाकु घोषणापत्र जारी गर्नेछ ।

सङ्घीय संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले सम्मेलनमा सभामुखले विभिन्न राष्ट्रका उच्चस्तरीय पदाधिकारीसँग द्विपक्षीय भेटघाट गर्नुहुने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

सम्मेलनमा सहभागी भएर सापकोटासहितको संसदीय प्रतिनिधिमण्डल असार १९  गते स्वदेश फर्किनुहुनेछ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जसपा–लोसपा एकीकरणपछि सप्तरीमा खुशीसँगै असन्तुष्टि, यस्तो छ नयाँ केन्द्रीय समिति
२०८३ भाद्र १, सोमबार
लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत
२०८३ भाद्र १, सोमबार
राष्ट्रपतिद्वारा भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथी दर्ज्यानी प्रदान
२०८३ भाद्र १, सोमबार
युवतीसँग होटलमा भेटिएका काभ्रेको सई माथी छानबिन सुरू
२०८३ भाद्र १, सोमबार
विश्वासको मत नलिइ बागमती मुख्यमन्त्री बानियाँले दिए राजिनामा
२०८३ भाद्र १, सोमबार
किशोर श्रेष्ठमाथि अनुसन्धान लम्बियो, थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
२०८३ भाद्र १, सोमबार
सभामुखले पहिलो पटक गरे प्रधानमन्त्रीलाई जवाफ दिन रूलिङ
२०८३ भाद्र १, सोमबार