भाद्र १, २०८३ सोमबार August 17, 2026

युवतीसँग होटलमा भेटिएका काभ्रेको सई माथी छानबिन सुरू

भकुण्डेबेसीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (सई) गणेश श्रेष्ठ एक युवतीसँग होटलको कोठामा भेटिएपछि प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काभ्रे, १ भदौं । म्यादी प्रहरी युवतीसँग होटेलमा भेटिएका भकुण्डेबेसी प्रहरीका सई श्रेष्ठमाथि छानबिन सुरु भएको छ।

प्रहरी कार्यालय भकुण्डेबेसीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (सई) गणेश श्रेष्ठ एक युवतीसँग होटलको कोठामा भेटिएपछि प्रहरी नियन्त्रणमा परेका थिए ।

आइतबार राति काभ्रेकै पाँचखाल घर भएकी एक युवतीसहित नमोबुद्ध बजारस्थित ‘होटल नमोबुद्ध’ मा बसेका सई श्रेष्ठलाई स्थानीय युवाहरूले मध्यरातमा ढोका खोल्न लगाई नियन्त्रणमा लिएका हुन्। स्थानीयले उनीहरू होटलमा बसिरहेको अवस्थामा फेला पारी भिडियो खिच्दै सोधपुछसमेत गरेका थिए। उक्त भिडियो अहिले सामाजिक सञ्जालमा समेत भाइरल भइरहेको छ ।

प्रहरी स्रोतका अनुसार सई श्रेष्ठसँग भेटिएकी युवती गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा भर्ना भएकी तत्कालीन अस्थायी निर्वाचन प्रहरी (म्यादी) हुन्। सो निर्वाचन प्रहरी भर्ना छनौट प्रक्रियामा सई श्रेष्ठ आफैँ खटिएका थिए। सोही क्रममा उनीहरूबीच चिनजान भई प्रेम सम्बन्ध रहेको स्थानीयको भनाइ छ।

घटना सार्वजनिक भएलगत्तै आवश्यक छानबिनका लागि सई श्रेष्ठ र ती युवती दुवैलाई जिल्ला प्रहरी कार्यालय धुलिखेल झिकाइएको छ।  अहिलेको घटनापछि उनीमाथि थप प्रशासनिक छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया