श्रावण ११, २०८१ शुक्रबार July 26, 2024

प्रेस काउन्सिलद्वारा पत्रपत्रिका वर्गिाकरणको नतिजा सार्वजनिक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुलुकधरका पत्रिकाहरुको अभिलेखिकरण राख्ने तथा मुल्याङकन गर्ने सरकारी संस्था प्रेस काउन्सिल नेपालले एक पटक दुई आर्थिक वर्षको पत्रिकाहरुको मुल्याङकन गरेको छ ।

काउन्सिलले आर्थिक वर्ष २०७२ र ७३ र २०७३ र ७४ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । पत्रपत्रिका वितरण सम्परीक्षण समितिबाट काउन्सिलमा पेश भएकोमा सो प्रतिवेदन अध्ययन एवं थप मूल्यांकनसमेतका आधारमा काउन्सिलले माथि उल्लेखित आर्थिक वर्षको वर्गीकरणको नतिजा स्वीकृत गरेकोले सोही अनुसार यो नतिजा सार्वजनिक गरिएको काउन्सिलले जनाएको छ ।

नतिजा अनुसार आ।व। २०७२ र ०७३ मा वर्गीकरणको लागि आवेदन गर्ने ९१३ पत्रपत्रिकामध्ये ८२६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले ८७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।

त्यस्तै आ।व। २०७३ र ७४ मा आवेदन गर्ने ९५३ पत्रपत्रिकामध्ये ८१६ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छन भने हुबहु, न्यूनतम प्रकाशन अंक नपुग आदि कारणले १३७ पत्रपत्रिका वर्गीकरणमा समावेश भएका छैनन् ।

उल्लेखित नतिजाउपर पुनरावलोकनको लागि १५ दिन र दोब्बर दस्तुरमा थप ७ दिनको समयमा आधार प्रमाणसहित काउन्सिलमा निवेदन दिन सकिने व्यवस्था गरिएको काउन्सिलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

काउन्सिलबाट मानयताप्राप्त पत्रिकाहरुले सरकारी विज्ञापन पाउने गरेका छन् । उनीहरुले वर्गिाकरणको तह अनुसार ६ हजार देखि महिनामा २६ हजारस्म्म पाउने गर्दछन् । त्यसमा लागि काउन्सिलको केही प्रक्रिया भने पुरा गर्नुपर्दछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार