श्रावण १३, २०८३ बुधबार July 29, 2026

नेपालद्वारा चीनलाई १ लाख थान ‘प्रोटेक्टिभ मास्क’ हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालले चीन सरकारलाई १ लाख थान प्रोटेक्टिभ मास्क हस्तान्तरण गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीलाई हस्तान्तरण गरेका हुन् ।

कोरोना भाइरसको महामारीसँग जुघिरहेको चीनलाई नेपालले एक लाख थान मास्क उपलब्ध गराएको हो । कोरोना भाइरसले कारण चीनमा ६ सय ३८ जनाको मृत्यु भैसकेको छ भने ३१ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले शुक्रबार बिहान दिएको जानकारीअनुसार अहिलेसम्म कोरोनाको संक्रमणबाट चीनमा मात्रै ६३६ जनाको मृत्यु भइसकेको छ। चीनबाहेक हङकङ र फिलिपिन्समा एक/एक जनाको मृत्यु भएको छ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनमा मृत्यु भएकामध्ये ६ सय १८ जना हुबेई प्रान्तका मात्रै छन्। बिहीबार मात्रै ७३ जनाको र हुबेई प्रान्तमा मात्रै ६९ जनाको मृत्यु भएको आयोगले जनाएको छ।

बिहीबार थप ३ हजार १ सय ४३ जनामा कोरोनाको संक्रमण देखिएको छ। बुधबार ७३ जनाको मृत्यु र थप ३ हजार ६ सय ९४ जनामा संक्रमण देखिएको छ। त्यस्तै १ हजार ५ सयभन्दा बढी जना उपचारपछि निको भएको चिनियाँ स्वास्थ्य अधिकारीले बताएका छन्।

शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार विश्वका २८ देशमा कोरोना भाइरस फैलिएको र ३१ हजारभन्दा बढी यसबाट संक्रमित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कोरोना संक्रमित कहाँ कति ?
चीन– ६३६ मृत्यु र ३१,१६१ संक्रमित
हङकङ– १ मृत्यु र २४ संक्रमित
फिलिपिन्स– १ मृत्यु, ३ संक्रमित

संक्रमित
जापान– ८६
सिंगापुर– ३०
थाइल्यान्ड– २५
दक्षिण कोरिया– २४
ताइवान– १६
अस्ट्रेलिया– १५
मलेसिया– १४
जर्मनी– १३
भियतनाम– १२
अमेरिका– १२
मकाओ– १०
क्यानडा– ७
फ्रान्स– ६
यूएई– ५
फिलिपिन्स– ३
इटाली– ३
भारत– ३
बेलायत– ३
रुस– २
श्रीलंका– १
कम्बोडिया– १
फिनल्यान्ड– १
नेपाल– १
स्विडेन– १
स्पेन– १
बेल्जियम– १

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार