असार ३०, २०८२ सोमबार July 14, 2025

दिवाकर घले यु–२० टिमको म्यानेजर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः दिवाकर घले गुरुङ नेपाली यु–२० राष्ट्रिय टिमको टिम व्यवस्थापकमा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार महावीर क्लबका अध्यक्षसमेत रहेका गुरुङलाई यु-२० टिमको व्यवस्थापकमा नियुक्त गरेको हो ।

घलेले भारतमा हुने साफ यु-२० च्याम्पियनसिपमा नेपाली टिमको व्यवस्थापन सम्हाल्नेछन् । भारतको ओडिसामा हुने प्रतियोगिता २५  जुलाईदेखि ३ अगस्टमा हुने तालिका छ ।

यसपछि १० देखि १८ सेप्टेम्बरसम्म बहराइनमा हुने यु-२० एसियन कप छनोटमा पनि गुरुङले नै नेपाली टिमको व्यवस्थापन सम्हाल्ने एन्फाले जनाएको छ ।

साफमा नेपालले २५ जुलाईमा मालिभ्सविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै, नेपालले  २७ जुलाईमा श्रीलंका र  ३१  जुलाईमा घरेलु टिम भारतविरुद्ध खेल्नेछ । नेपालले २  अगस्टमा बंगलादेशविरुद्ध समूह चरण अन्तिम खेल खेल्नेछ ।

यसैगरी यु-२० एसियन कपमा कतार, बहराइन, बंगलादेश र भुटानसँगै समूह ‘बी’ मा रहेको नेपाली टिमले १० सेप्टेम्बरमा भुटानविरुद्ध पहिलो खेल खेल्नेछ ।

नेपालले १२ सेप्टेम्बरमा कतारविरुद्ध, १४ सेप्टेम्बरमा घरेलु टिम बहराइनविरुद्ध र १८ सेप्टेम्बरमा बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार