श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

टिचिङ अस्पतालमा चौथो पटक कलेजोको सफल प्रत्यारोपण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले शुक्रबार चौथोपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ। बौद्धका ५७ वर्षीय बुबालाई २७ वर्षकी छोरीको कलेजो प्रत्यारोपण गरिएको हो।

कलेजो प्रत्यारोपण सफल भएको अस्पतालले जनाएको छ। प्याङक्रियाज तथा ग्यास्ट्रो इन्टेस्टटाइनल सर्जन प्राध्यापक डाक्टर रमेशसिंह भण्डारीको नेतृत्वमा झण्डै नौ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको हो।

भण्डारी नेतृत्वको टोलीले गएको १८ जेठ, ३ साउन र १ कात्तिकमा पनि सफल कलेजो प्रत्यारोपण भएको थियो।

अहिले बाबुछोरी दुबैकै स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। नेपालमा कलेजो प्रत्यारोपण गर्दा झण्डै २५ लाख रुपैयाँ खर्च हुन्छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया