काठमाण्डौंः प्रथम महेन्द्रनारायण निधी प्रदेशस्तरीय टी–ट्वान्टी कप क्रिकेट प्रतियोगिताको उपाधि सप्तरीले जितेको छ ।
राजविराजस्थित पविमाविको खेलमैदानमा सम्पन्न फाइनल खेलमा सप्तरीले सिरहालाई ६ विकेटले पराजित गर्दै उक्त उपाधि जितेको हो ।
कूल १५ ओभरको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिरहाले सबै विकेट गुमाई ९१ रनको योगफल बनायो । त्यसका लागि रुपेश सिंह २६, दीपेश दास २० र अफरुद्धिनले १२ रनको योगदान दिएका थिए ।
९२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रेको सप्तरीले १० दशमलब ३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।
सप्तरीका लागि रोहन विकले सर्वाधिक ३१, राहुल मण्डल २१, महबुब आलम १६ (अविजित) र आशिष झाले १० रनको योगदान दिए । खेलमा तीन विकेट लिएका सप्तरीका महबुब आलम ‘म्यान अफ दी म्याच’ घोषित भए ।
जिल्ला क्रिकेट सङ्घ सप्तरीको आयोजना तथा मधेस प्रदेश क्रिकेट सङ्घको समन्वयमा आयोजित प्रतियोगितामा मधेस प्रदेशका आठवटै जिल्लाको सहभागिता रहेको थियो । रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया