श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

सिन्धुलीमा ट्रयाक्टर पल्टिँदा एकको मृत्यु, १३ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सिन्धुलीको दुधौली नगरपालिका-४ टोड्केमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

दुर्घटनामा दुधौली नगरपालिका-१ गिचियानीका ७० वर्षीय ब्रमहलाल धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिएका छन।

डकाहा चकमके सडकखण्डमा पर्ने दुधौली नगरपालिका १ टोड्केपानी जङ्गलबाट दाउरा लिएर डकाहातर्फ जाँदै गरेको लु ८३ त ६८९० नम्बरको ट्र्याक्टर अचानक ब्रेक फेल भई दुर्घटनामा परेको हो।

दुर्घटनामा घाइते हुने दुधौली नगरपालिका वडा नं १ गिचियानी बस्ने ५२ वर्षीय राम भरोसा, ४८ वर्षीय राम कुमर र २२ वर्षीय शुक्ला धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा ५० वर्षीय दबु धामी, २२ वर्षीय दिपेश पुरी, ३० वर्षीया सीता धामी, १५ वर्षीया मीरा धामी, २० वर्षीया सुनिता चौधरी, २० वर्षीया मनिषा कुमर, २८ वर्षीया कुमारी कुमर, १२ वर्षीय लक्ष्मण कुमर, ३२ वर्षीय रामकुमार कुमर र ट्र्याक्टर चालक ३० वर्षीय कुलबहादुर तामाङ घाइते भएका छन्।

घाइतेको सिन्धुली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया